हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर, प्रधानमन्त्री मोदी अस्पतालमा

नेपालभ्युज

हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर, प्रधानमन्त्री मोदी अस्पतालमा

अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हीराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन यहाँस्थित यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र आएका छन् । प्रधानमन्त्रीकी आमालाई मंगलबार उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो ।

हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले आज एक विज्ञप्ति निकालेर जनाएको छ । हालै सम्पन्न गुजरात विधानसभा चुनावका बेला प्रधानमन्त्रीले एक सय वर्षकी आमालाई भेटेका थिए । प्रधानमन्त्रीकी आमाले चुनावको दोस्रो चरणमा मतदान पनि गरेकी थिईन् । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved