ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री लामिछाने

नेपालभ्युज

ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछाने मंगलबार ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

उक्त भेटमा गृहमन्त्री लामिछानेसँगै  अर्का उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि  सहभागि थिए ।

भेटका क्रममा ओलीले लामिछानेलाई उपप्रधान एवम् गृहमन्त्री नियुक्त भएकामा  बधाई दिनुका साथै राम्रो काम गर्न शुभकामना  दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा २० सिट रहेको छ । लामिछानेमात्रै मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ । तर, प्रधानमन्त्री प्रचण्ड तीन मन्त्रालय मात्र दिन सकिने अडानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved