स्पेनिस फुटबल टोली कासेरेन्यो नेपालमा

कासेरेन्यो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै पोखरा पुगिसकेको छ। कासेरेन्योले पोखरा र काठमाडौंमा १–१ खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपालभ्युज

स्पेनिस फुटबल टोली कासेरेन्यो नेपालमा

काठमाडौं। स्पेनिस फुटबल टोली कासेरेन्यो नेपाल आइपुगेको छ । नेपालमा २ मैत्रीपूर्ण खेल खेल्न कासेरेन्यो टोली नेपाल आइपुगेको हो।

कासेरेन्यो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पोखरा पुगिसेको छ।कासेरेन्योले पोखरा र काठमाडौंमा १–१ खेल खेल्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ एन्फा, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा २ खेल आयोजना गरेको हो।

पुस १३ गते हुने पहिलो खेलमा पोखरा गण्डकी–११ र कासेरेन्योबीच प्रतिस्पर्धा हुनेछ। गण्डकी–११ को कमानी अनिल गुरुङले गर्दैछन्। अनिल नेपालका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हुन्। राजेन्द्र तामाङ गण्डकी–११ को प्रशिक्षक रहेका छन्। नेपालमा स्पेनको फुटबल टोली आउनु फुटबल समर्थकहरूको लागि खुसीको कुरा भएको कप्तान अनिल गुरुङले बताए।

पुस १४ गते हुने अर्को खेलमा काठमाडौं–११ र कासेरेन्यो आमनेसामने हुनेछन्। काठमाडौं–११ को कमानी नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले गर्दैछन्। काठमाडौं–११ को प्रशिक्षकमा भने मेघराज केसी रहेका छन्।

कासेरेन्योसँग स्पेनका पूर्वराष्ट्रिय खेलाडी, ला लिगा फुटबल क्लब रियल म्याड्रिड, बार्सिलोना र एथलेटिको मड्रिडमा खेलेका खेलाडीहरूको सहभागिता रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved