देउवाले बिहीबार मात्रै बालुवाटार छाड्ने, धुम्बाराहीस्थित नयाँ घरमा सर्ने तयारी

नेपालभ्युज

देउवाले बिहीबार मात्रै बालुवाटार छाड्ने, धुम्बाराहीस्थित नयाँ घरमा सर्ने तयारी

काठमाडौं। निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार खालि गर्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बिहीबार बालुवाटार छाड्ने बताए ।

उनले भने, ‘धुम्बाराहीमा नयाँ घर भेटिएको छ । आज र भोलि घरमा डेकोरेसन हुन्छ ।’ पर्सि मात्रै बालुवाटार छाड्छौं ।’

आकस्मिक रूपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ ।

देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved