प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

प्रचण्डले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

उनी पदभार ग्रहणका लागि सिंहदरबार पुग्दा उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved