सरकार स्वास्थ्य प्रणालीको सुधारमा लागेको छ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

सरकार स्वास्थ्य प्रणालीको सुधारमा लागेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार स्वाथ्य प्रणालीको सुधारमा सक्रिय रहेको बताएका छन् । सबै नागरिकलाई स्वाथ्यको पहुँचमा ल्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

शनिबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औं जन्मोत्सवका अवसरमा ललितपुरको बाँडेगाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिने बताए ।

देउवाले नेपाली राजनीतिमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अतुलनीय योगदान रहेको बताए । ‘किसुनजी विसं २००३ देखि नै राजनीतिमा हुनुहुन्थ्यो। मुलुकका महत्त्वपूर्ण राजनीतिक घटनामा उहाँको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका थियो। त्याग र राजनीतिक चतुर्‍याइँ थियो। मुलुकको पहिलो सभामुखको भूमिका स्मरणीय छ’, देउवाले भने।

प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भसमेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved