गर्भवती महिलाको कोठामा नराख्नुस यी सामग्री

नेपालभ्युज

गर्भवती महिलाको कोठामा नराख्नुस यी सामग्री

काठमाडौं ।  जब कोही महिला गर्भवती हुन्छन् उनको विशेष ध्यान राखिन्छ । परिवारको हरेक सदस्यले उनको रेखदेख गर्दछन् । यस्तो कुरा पनि विशेष ध्यान दिइन्छ कि उनलाई कुनै पनि मानसिक तनाव नहोस् । किनकि यस्तो मान्यता छ कि गर्भावस्थाको बेला गर्भवती महिलालाई केही समस्या भएमा त्यसको असर बच्चामा पर्न जान्छ ।

धेरै ज्योतिषीहरुले भन्ने गरेका छन् गर्भवती महिलाको कोठामा केही यस्ता चीज छन् जो बिर्सेर पनि राख्नुहुँदैन । यस्ता चीजहरुले नकारात्मक असर उत्पन्न गर्छ, जसको असर गर्भवती महिलाको मानसिक स्थितिमा समेत पर्न सक्छ । त्यसैले यस्ता चीजहरु प्रेग्नेन्ट महिलाको कोठाबाट तुरुन्तै हटाइदिनुपर्छ ।

हेरौं ती कस्ता चीजहरु हुन् 
१) प्रेग्नेन्ट महिलाको कोठामा कुनै पनि हिंस्रक तस्वीर लगाउनु हुँदैन ।
२) गर्भवती महिलाको कोठामा कुनै धारिलो चिज राख्नुहुँदैन । वास्तुका अनुसार यसले नकारात्मकता उत्पन्न गर्छ ।
३) डरत्रासका किताब तथा मन विचलित गर्ने खालको साहित्य पनि गर्भवती महिलाको कोठामा राख्नु हुँदैन ।
४) नकारात्मक सन्देश दिने खालको तस्वीर जस्तै– डुब्दै गरेको डुँगाको फोटो, युद्धको फोटो लगायतका शो पिस पनि राख्नु हुँदैन ।
यस्तो चीज राख्न सक्नुहुन्छ 
१) गर्भवती महिलाको कोठामा यदि तपाई अध्यात्मिक हुनुहुन्छ भने श्रीकृष्णको बाल्यकालको तस्वीर राख्न सक्नुहुन्छ ।
२) गर्भवती महिलाको कोठामा साना साना बच्चाहरुको तस्वीर राख्नु शुभ मानिन्छ ।
३) सम्भव भएसम्म गर्भवती महिलाको कोठामा हल्का रंगको कलर गर्नु राम्रो हुन्छ । जसले मनलाई शान्त बनाइराख्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved