गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौं : अध्यक्ष नेपाल

नेपालभ्युज

गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौं : अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभन्दा बाहिर जाने सोच्दा समेत नसोचिएको बताएका छन् ।

निर्वाचित सांसदहरूलाई शुभकामना दिने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनबाटै समझदारी बनाएर जाने र यदि, गठबन्धनमा अहंकार भए सामना गर्न तयार रहेको समेत बताएका हुन् ।

अहिले गठबन्धनभन्दा बाहिरबाट सरकार बन्ने स्थिति नभएको नेपालले बताए ।

‘अहिले हामीले सत्ता गठबन्धनभन्दा बाहिर सोच्नु हुँदैन । यहीँ गठबन्धनबाटै देशको नेतृत्व गर्ने समझदारी बनाउनुपर्छ’ नेपालको भनाई उदृढ गर्दै एक नेताले भने, ‘सत्ता गठबन्धनबाट बाहिर जाँदा हामीलाई पनि राम्रो हुँदैन । संसदीय अंकगणितपनि पुग्दैन ।’ सत्ता गठबन्धनको बैठक बसेर प्याकेजमा सहमति गरेर अघि बढिने नेपालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved