वामपन्थी सरकार नबन्ने दाबी गर्दै नेपालले भने- घर न घाटको हुने गल्ती गर्दैनौँ

नेपालभ्युज

2260627927448366
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थीहरूको सरकार नबन्ने बताएका छन् । सोमबार निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै उनले भने, ‘भएको गठबन्धन छाडेर नभएको गठबन्धनमा लाग्दा घरको न घाटको हुनुपर्छ ।’

त्यसअघि उनले भने, ‘कसैले वामपन्थीको सरकार बनाउने भनेका छन् । यो अलमल्याउने कुरा मात्रै हो ।यस्तो कुरालाई सजिलै पत्याउनु हुँदैन । यसलाई पत्याउँदा पुन: घरको न घाटको हुनुपर्छ । यस्तो गल्ती गर्दैनौँ ।’

आफ्नो पूर्वदल एमाले आफूप्रति नरम भइरहँदा नेपालले यस्तो बोलेका हुन् । उनले एमालेसँग पुन: सहकार्य नहुने संकेत पनि गरेका छन् । उनले भने, ‘एकातर्फ हामीले मित्रहरूको खोजी र पहिचान पनि गर्ने र मान्छेमा परिवर्तन र रूपान्तरण भइरहेको छ भने, आत्मालोचना देखिएको छ भने साँच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने, यो दुईवटै कुरामा उत्तिकै ध्यान दिएर चल्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved