धरानका मेयर साम्पाङले मागे माफी

नेपालभ्युज

धरानका मेयर साम्पाङले मागे माफी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सामाजिक संजालको पोष्टमा प्रयोग गरेका शब्दप्रति माफी मागेका छन् । मेयर साम्पाङले आइतबार एक विज्ञप्तिमार्फत आफ्ना शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्,  ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ, त्यसका लागि क्षमाप्राथी छु ।’

उनले कसैलाई ठेस पुर्‍याउन नियतवश सो स्टाटस नलेखेको  स्पष्ट पार्दै आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको बताएका छन् ।

उनले फेसबुकमा उक्त अभिव्यक्ति दिएपछि आलोचना तथा विरोध भएको थियो। दलित आयोगले माफी माग्न आग्रह गर्दा उनले उल्टै आयोगलाई नै अनेक प्रश्न गर्दै आएका थिए।

यो पनि 

दलितलाई होच्याउने हर्क साम्पाङविरुद्ध गृह मन्त्रालयले अघि बढायो कारबाही प्रक्रिया


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved