विश्वप्रकाशमा मैले विपीको गुण पाएँः राजेशपायल राई

नेपालभ्युज

विश्वप्रकाशमा मैले विपीको गुण पाएँः राजेशपायल राई

काठमाडौं । गायक राजेशपायल राईले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोईरालासँग तुलना गरेका छन् ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोईरालाका अधिकांश गुणहरु भएको बताएका हुन् ।

उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोईराला जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोईरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको बताए । उनले अन्य नेताहरुले चुनावमा जितेपछि मेरो जित भयो भन्ने गरेपनि शर्माले आफ्नो जित जिल्लावासीको भएको भन्दै आफूलाई विपीको रुपमा सिद्ध गरेको बताए ।

उनले कोही पनि मानिसले भ्रम पालेर बस्नु नहुने बताए । उनले भने, ‘नेपाली काँग्रेसमा हामीले जसरी कहिले काहीँ बिपी जस्तो भन्छौं, मलाई लाग्छ त्यो नेतामा हुनुपर्ने गुणा विश्वप्रकाशमा देखेको छु । जिल्लावासीले जिताइसकेपछि पनि मैले होइन, तपाईहरुको जित हो भन्ने व्यक्ति कहाँ पाइन्छ । नत्र जितेपछि मैले जितेँ भनेर घमण्ड देखाउँछन् । हामीले भ्रम पालेर बस्नु हुँदैन । हामीले आफूलाई राम्रो प्रमाणित गर्न सक्नुपर्छ ।’

गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रको लागि राम्रो बनेर प्रमाणित गर्न सक्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved