दलित आयोगलाई कारवाही गर्न मेयर साम्पाङको माग

नेपालभ्युज

दलित आयोगलाई कारवाही गर्न मेयर साम्पाङको माग

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय दलित आयोगलाई कारवाही गर्न  माग गरेका छन् । मेयर साम्पाङले शुक्रबार साँझ सामाजिक संजालमा एक स्टाटस अपडेट गर्दै यस्तो माग गरेका हुन् ।

उनले फेसबुकमा  लेखेका छन्, मलाई नहुने आरोप लगाउने र जातिय सद्भाव भड्काउने राष्ट्रिय दलित आयोगलाई कारवाही गर्न म पनि माग गर्दछु ! सम्पूर्ण नेपाली समाजको ध्यानाकर्षण गराउन चाहन्छु !’

यसअघि केहीदिन पहिले मेयर साम्पाङले आफ्नो फेसबूकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय दलित आयोगले उनलाई अभिव्यक्ति सच्यायर आत्मालोचना गर्न अनुरोध गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved