निगमले घटायो इन्धनको मूल्य

नेपालभ्युज

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । नयाँ मूल्यसूचिअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved