नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

नेपालभ्युज

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

बिहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जानकारी दिएको छ ।

प्रशिक्षक प्रभाकरले आजबाट लागू हुनेगरी राजीनामा दिएको क्यानले जनाएको छ । क्यानले राजीनामा स्वीकृत गर्दै उनको आगामी भविष्यको लागि शुभकामना पनि दिएको छ ।

गत सोमबार प्रभाकर भारत फर्केका थिए । पूर्वप्रशिक्षक पुबुदु दासानायकेको राजीनामापश्चात् भारतीय प्रशिक्षक प्रभाकरलाई क्यानले साउनमा प्रशिक्षकमा नियुक्त गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved