डोल्पामा माओवादी–एमाले कार्यकर्ताबीच झडप, ९ जना घाइते

नेपालभ्युज

डोल्पामा माओवादी–एमाले कार्यकर्ताबीच झडप, ९ जना घाइते
सांकेतिक तस्वीर।

डोल्पा। डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । सामान्य विवादले उग्र रूप लिएपछि भएको झडपमा परी नौ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले समर्थित ४ जना छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ वर्षीय जालपा बोहोरा, ५० वर्षीया शान्ता बोहोरा, ३८ वर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ वर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् ।

यस्तै, माओवादी समर्थित पालिकाको थापा गाउँका ५९ वर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन् । यस्तै, ५४ वर्षका गोरसिह, १६ वर्षीया पविन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन् ।

प्रहरी चौकी माझगाउँलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो । उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झै–झगडा हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved