दक्षिण कोरियाका गृहमन्त्रीलाई बर्खास्त गर्न संसद्को माग, कारण यस्तो

नेपालभ्युज

दक्षिण कोरियाका गृहमन्त्रीलाई बर्खास्त गर्न संसद्को माग, कारण यस्तो

सउल। दक्षिण कोरियाको संसद्ले इथेवनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर गृहमन्त्रीलाई बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ ।

अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२ जना घाइते भएका थिए । उक्त घटनापछि गृहमन्त्री ली साङ–मिनमाथि राजीनामा दिन दबाब बढेको छ ।

विपक्षीको बाहुल्यता रहेको संसदले आइतबार उक्त प्रस्ताव पारित गरेको हो । तर, राष्ट्रपति युन सुक–योलले गृहमन्त्रीको राजीनामाको मागलाई अस्वीकार गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिले प्रस्ताव अस्वीकार गरेमा डेमोक्र्याटिक पार्टीले मन्त्रीलाई महाभियोग लगाउने चेतावनी दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved