आइतबार पनि बढ्यो सुनको मूल्य, तोलाकै १ लाख १ हजार ५०० रुपैयाँ

नेपालभ्युज

आइतबार पनि बढ्यो सुनको मूल्य, तोलाकै १ लाख १ हजार ५०० रुपैयाँ

काठमाडौं। निरन्तर सुनको मूल्य बढेर तोलामै १ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै तोलामा २०० रुपैयाँले सुनको भाउ बढेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य एक लाख १ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रुपैयाँ रहेको चाँदीको भाउ आज १४ सय रूपैयाँ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved