घनश्याम भूसाल, प्रभु साह लगायतका नेतालाई एमालेको कारबाही

नेपालभ्युज

घनश्याम भूसाल, प्रभु साह लगायतका नेतालाई एमालेको कारबाही

काठमाडौं । नेकपा एमालेले पार्टी नेताहरू घनश्याम भूसाल, प्रभु साह लगायतलाई पार्टीबाट निष्काशन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाकीलाई पनि सोही प्रकृतिको कारबाही गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि कारबाही गरेको गुरुङले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved