खानेपानीमन्त्रीको प्रतिवद्धता- काठमाडौंका बसिन्दालाई बाह्रैमास पानी खुवाउँछु

नेपालभ्युज

465578602364561

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायीरूपमै भएपनि काठमाडौंका बासिन्दालाई बाह्रै महिना पानी खुवाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘मेलम्चीको पानीको दीर्घकालीनरूपमा स्थायी समस्या समाधानका लागि एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको छ । मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेका छौँ,’ उनले भने ।

मन्त्री चौधरीले विज्ञहरूले दिएको सुझाव र एडिबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्रैमास काठमाडौंका बासिन्दालाई पानी खुवाउन सकिने दाबी गरे । ‘बाह्रैमास पानी खुवाउन सकिन्छ, त्यसका लागि विज्ञको सुझावलाई फलो गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि सरकार तयार छ ।’

सरकारले मेलम्चीको विकल्पको रूपमा यस वर्ष वर्षातको बेलामा बागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको पनि उनले जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved