प्रकाण्ड भन्छन्,- हाम्रो कुरा यही सरकारले फाईनल गर्नुपर्छ

नेकपा, प्रवक्ता ‘प्रकाण्ड’ भन्छन्, – हाम्रो कुरा यही सरकारले फाईनल गर्नुपर्छ र गम्भीरताका साथ सरकार प्रस्तुत हुनेछ भन्ने हाम्रो विश्वास छ ।

नेपालभ्युज

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ।

मंगलबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो दवाव दिए।

मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकीर गरेको छ।

वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दवाव दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए। यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved