समानुपातिकतर्फ एमालेको अग्रता कायमै

नेपालभ्युज

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौं। समानुपातिकतर्फ हालसम्मको मतगणना अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेको २७ लाख ८३ हजार तीन सय ८७ मत ल्याएको छ ।

यस्तै, नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६ सय २८ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार आठ सय ८० मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ लाख ८६ हजार २५९ र जनता समाजवादी पार्टी, नेपालले चार लाख २० हजार नौ सय ४३ मत पाएको छ ।

यसैगरी, जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत ल्याउँदा एकीकृत समाजवादीले दुई लाख ९४ हजार एक सय मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६ सय ५८ मत पाएको छ । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने एक लाख ६७ हजार दुई सय ८० मत ल्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved