धनगढीमा ८ राउन्ड हवाई फायर

धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ । हवाई फायरपछि विद्यार्थीहरू तितरबितर भएका छन्।

नेपालभ्युज

धनगढीमा ८ राउन्ड हवाई फायर

धनगढी। धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ । हवाई फायरपछि विद्यार्थीहरू तितरबितर भएका छन्।

ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

घटनाले बृहत् रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाबिचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरुद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved