निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

जिल्ला प्रशासन कार्यालय, कैलालीले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

नेपालभ्युज

निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

धनगढी । धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरूले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका छन् । प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका १ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी ४ रातोपुल, उत्तरमा धनगढी ५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी १ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

विद्यार्थीहरूले डिभोटी चोकमा आन्दोलन गरिरहेका छन् । प्रहरी विद्याथीको र्‍यालीमाथि अश्रु ग्यास प्रहार गरिरहेको भएपनि विद्याथीहरूले आन्दोलन रोकेका छैनन् ।

हिजो धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्य भएको थियो ।  धनगढी ५ तारानगरकी साउदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो ।

उनको मृत्युपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूले सडकमा टायर जलाउँदै प्रदर्शन गरिरहेका छन् । आन्दोलकै क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्रेडरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved