स्याङ्जा २ मत अपडेट : ११ सय मतले धनराजको अग्रता कायम

नेपालभ्युज

स्याङ्जा २ मत अपडेट : ११ सय मतले धनराजको अग्रता कायम

काठमाडौं। स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले ४५९० मत प्राप्त गर्दा एमालेकी सचिव तथा उम्मेदवार पद्मा अर्यालले ३४५५ मत पाएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १०२१ मत पाएका छन् ।

स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved