समानुपातिक मतगणनामा माओवादी फेरि घण्टीभन्दा अगाडि

नेपालभ्युज

समानुपातिक मतगणनामा माओवादी फेरि घण्टीभन्दा अगाडि

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ । जारी मतगणनामा घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो ।

माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाउँदा घण्टीले १० लाख ६३ हजार ८३१ मत पाएको छ । यस्तै थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ । समाजवादीले जम्मा २ लाख ५२ हजार मत पाउँदा उसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६२ हजार मत पाएको छ ।

यस्तै पहिलो स्थानमा भने एमाले कायमै छ । एमालेले २५ लाख ३४ हजार मत पाउँदा कांग्रेसले २४ लाख ३०७ मत पाएर पछ्याइरहेको छ। यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार मत पाएको छ ।

यस्तै नवौँ स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ भने दशौँमा लोसपा रहेको छ । यी दुई पार्टीले क्रमशः २ लाख ३७ हजार र १ लाख २७ हजार मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved