यू-१९ क्रिकेट प्रतियोगिता : बागमतीको लगातार तेस्रो जित

नेपालभ्युज

यू-१९ क्रिकेट प्रतियोगिता : बागमतीको लगातार तेस्रो जित

काठमाडौं । यू-१९ क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा शनिवार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई १५२ रनले पराजित गरेको हो ।

६ अङ्क जोडेको बागमती शीर्ष स्थानमा छ । अङ्कविहीन मधेश भने पाँचौँ स्थानमा छ । २१८ रनको लक्ष्य पछ्याएको मधेश २५.५ ओभरमा ६५ रनमा अलआउट भयो ।

मधेशको लागि अभिषेक तिवारीले १८ र मयन यादवले ११ रन बनाए ।

बागमतीका लागि अहमद रजाले ५ र अभिषेक कोइरालाले ३ विकेट लिए । रजाले १५ रन खर्चेर ५ विकेट लिन सफल भए । अभिषेकले भने ९ रन खर्चेर ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बागमती ४७.३ ओभरमा अलआउट हुँदा २१७ रन बनाएको थियो । बागमतीका लागि उत्तम मगरले ७१ र योगेश भट्टले ५९ रन बनाए ।

उत्तमले ७४ बलमा ९ चौका प्रहार गर्दै अर्धशतक बनाए । योगेशले भने ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

मधेशका लागि भने रोजेश यादवले ४, अब्जित मण्डलले ३, रञ्जीत कुमारले २ र अभिषेक तिवारीले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved