निर्वाचित भएपछि सीके राउतले भने- जंगलराजको अन्त्य र सुशासन युगको सुरुवात भयो

नेपालभ्युज

निर्वाचित भएपछि सीके राउतले भने- जंगलराजको अन्त्य र सुशासन युगको सुरुवात भयो

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुशासन युगको सुरुवात भएको बताएका छन् । निर्वाचित भएपछि वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘यस निर्वाचनसँगै जंगलराजको अन्त्य भएको छ भने सुशासन युगको सुरुवात भएको छ ।’

उनले आफ्नो जित सप्तरी १ का जनताको जित भएको बताएका छन् । ‘यो समग्र जनताको जित हो । अपेक्षाअनुसार काम गर्न र आफ्नो उत्तरदायित्व निर्वाह गर्न सदैव सबै जनताको साथ रहनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनेका छन् ।

उनले सप्तरीमा साक्षरता बढाउन साक्षरता सेनानी गठन गर्ने बताएका छन् । सप्तरी जिल्लालाई शतप्रतिशत साक्षर बनाउनका लागि अग्रणी भूमिका खेल्ने उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved