सोलुखुम्बु प्रदेश ‘क’ मा माओवादी केन्द्रका कर्ज्याङ निर्वाचित

नेपालभ्युज

सोलुखुम्बु प्रदेश ‘क’ मा माओवादी केन्द्रका कर्ज्याङ निर्वाचित

सोलुखुम्बु । सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट नेकपा (माओवादी केन्द्र) का गोम्बु शेर्पा ‘कर्ज्याङ’ निर्वाचित भएका छन् । नेकपा (एमाले) का उम्मेदवार उत्तमकुमार बस्नेतलाई १ हजार ६३७ मतान्तरले पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् ।

निर्वाचित शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेत ८ हजार ३९८ मतमा सीमित रहे । हार ब्यहोरेका बस्नेत ०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी प्रदेश नं. १ का राज्यमन्त्रीसमेत बने । आफूले फराकिलो मतान्तरले जित्ने दाबी गर्दै आएका थिए ।

शेर्पा १० वर्षे सशस्त्र माओवादी जनयुद्धमा सक्रिय भूमिका खेलेका नेता हुन् । उनले ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा हार ब्यहोरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved