कालिकोट प्रदेशसभा ‘क’ मा माओवादीका रावत निर्वाचित

कालिकोट प्रदेशसभा ‘क’ मा माओवादीका रावत निर्वाचित

सुर्खेत । एक मात्रै प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको कालिकोटमा प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रबाट गठवन्धनका साझा उम्मेदवार दुर्ग रावत निर्वाचित भएका छन् ।

रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरे । दुर्ग बहादुर रावत ९ हजार ११ मतले विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का कुर्म राज शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरे ।

राप्रपाका सूर्यबहादुर शाहीले १हजार ७१ मत ल्याए । नेमकिपाका रवीन्द्रबहादुर शाहीले १ हजार १ सय ७२ प्राप्त गरेका छन् । रावत २०७४ सालको निर्वाचनमा पनि निर्वाचित भएका हुन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved