नेमकिपाको गढ भक्तपुर-१ को पछिल्लो मतपरिणाम

नेपालभ्युज

नेमकिपाको गढ भक्तपुर-१ को पछिल्लो मतपरिणाम

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

सुरुवातमा एमालेसँग पछि परेको नेमकिपा पछिल्लो पटक भने भारी मतान्तरले अगाडि छ । उसका प्रेम सुवालले १७ हजार ५७२ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका नवराज गेलालले १० हजार ४६ मत ल्याएका छन् ।

यहाँ राप्रपाका भरतबहादुर खड्का तेस्रो स्थानमा छन् । उनले ८ हजार १८५ मत पाएका छन् । यो क्षेत्रमा यसअघि पनि नेमकिपा भारी अन्तरले विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved