कालीकोटमा माओवादी केन्द्र र एमालेको कडा प्रतिस्पर्धा

नेपालभ्युज

कालीकोटमा माओवादी केन्द्र र एमालेको कडा प्रतिस्पर्धा

सुर्खेत। कालीकोटमा जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

जिल्लाको शुभकालिका गाउँपालिका, महावै र तिलागुफा नगरपालिका–१ को मतगणना गर्दा गठबन्धन दलका उम्मेदवार माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीभन्दा नेकपा(एमाले)का उम्मेदवार नगेन्द्र शाही (नेसनल) झिनो मतान्तर अगाडि रहेका छन् ।

नेकपा (एमाले)का उम्मेदवार नगेन्द्रले ३ हजार ५६४ मत र माओवादी केन्द्रका महेन्द्रले ३ हजार ५४८ मत ल्याएको कालीकोटका मुख्य निर्वाचन अधिकृतको कार्यालय जानकारी दिएको छ । उनीहरूबीचमा १६ मतको मतान्तर रहेको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धनबहादुर बुढाले १३६, नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही, २९५, कांग्रेस बीपीका पंखबहादुर विष्टले ९, स्वतन्त्रका काशीचन्द्र बराल ९१ र स्वतन्त्रका धनप्रसाद पाण्डेले ३४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।

त्यस्तै, प्रदेशसभा ‘क’ जारी मतदानमा पनि एमाले र माओवादीको तीव्र प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेका उम्मेदवार कुर्मराज शाहीले ३ हजार ५७८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दुर्गबहादुर रावतले ३ हजार ४७० मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरूबीच १०८ मतको मतान्तर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved