निर्वाचित भएपछि गगनले भने- कांग्रेसले देशलाई नयाँ नेतृत्व दिनुपर्छ

'अहिल्यैबाट संसदीय दलको निर्वाचनको तयारी थाल्छु'

पार्टीका महामन्त्रीसमेत रहेका उनले भने, ‘मतसँगै मतदाताले मन पनि दिएका छन् । यसलाई सुन्न अनिवार्य छ ।’

नेपालभ्युज

निर्वाचित भएपछि गगनले भने- कांग्रेसले देशलाई नयाँ नेतृत्व दिनुपर्छ

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित गगनकुमार थापाले नेपाली कांग्रेसले देशलाई नयाँ नेतृत्व दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्दै आएका उनले भने, ‘देशमा जनताले स्थिर सरकार मात्रै खोजेका छैनन्, देशलाई हाँक्न सक्ने नेतृत्व पनि खोजेका छन् त्यो हामीले देख्यौँ । र, देशलाई हाँक्न सक्ने नेतृत्व कुनै पार्टीले दिनसक्छ भने त्यो नेपाली कांग्रेस नै हो । अब नेपाली कांग्रेस पार्टीले देशलाई नयाँ नेतृत्व दिन सक्नुपर्छ ।’

गगनले तत्कालै कांग्रेसको संसदीय दलको निर्वाचनमा जुट्ने पनि बताए । ‘म अहिल्यैदेखि नेपाली कांग्रेस पार्टीको संसदीय दलका निर्वाचनको तयारीमा जुट्नेछु । अब कांग्रेसले देशलाई नयाँ नेतृत्व दिनैपर्छ । जनताले मतमार्फत देशमा नयाँ नेतृत्व आउनुपर्छ भनेर पनि भनेका छन्,’ उनले भनेका छन् ।

यसबारे बहस सुरू भइसकेको उल्लेख गर्दै उनले थपे, ‘यो बहसमा सबै दलहरू सहभागी हुनुपर्छ । मतदाताहरूको मनको आवाज सुन्नुपर्छ ।’

गगनले मतदातालाई धन्यवाद दिँदै अन्य निर्वाचित प्रतिनिधिहरूलाई मतदाताको मनको आवाज सुन्न आग्रह गरे । पार्टीका महामन्त्रीसमेत रहेका उनले भने, ‘मतसँगै मतदाताले मन पनि दिएका छन् । यसलाई सुन्न अनिवार्य छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved