प्रारम्भिक नतिजामा एमाले पदाधिकारी

उपाध्यक्ष र महासचिव गठबन्धन र स्वतन्त्रको पछि, उपमहासचिव र सचिवको अग्रता

जारी मत गणनामा एमालेका पदाधिकारीमा केहीले अग्रता बनाएका छन्। केही सत्ता गठबन्धन र स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछ्याउँदै छन्। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा अघि छन्। अरू पदाधिकारी पछि छन्।

नेपालभ्युज

उपाध्यक्ष र महासचिव गठबन्धन र स्वतन्त्रको पछि, उपमहासचिव र सचिवको अग्रता

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको जारी मत गणनामा नेकपा एमालेका पदाधिकारीमा केहीले अग्रता बनाएका छन्। केही सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई पछ्याउँदै छन्। दुईठूला दलका हेभिवेट नेताबीचको प्रतिस्पर्धा भएको लमजुङमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माअघि छन्। अरू पदाधिकारी गठबन्धन र स्वतन्त्रको पछि छन्।

काठमाडौं ५ बाट एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन्।
एमाले महासचिव पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा तथा सचिव पाण्डे चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा पछाडि परेका छन्।

इलाम २ मा पूर्व सभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ झिनो मतान्तरले पछि छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ५ सय ३७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ सय ४३ मत छ। यता घर निर्वाचन चिन्ह भएका केवि पालुङ्गाले ३७२ मत ल्याएका छन्।

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेका छन्। उनलाई पछ्याइरहेका एमालेका उपाध्यक्ष विष्णु पौडेल ६३९ मतसहित दोस्रो स्थानमा छन्। १ हजार ८०० मत गनिसक्दा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगर ४९६ मतसहित तेस्रो स्थानमा छन्।

लमजुङमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ कहिले अघि कहिले पछि छन्। गुरुङ अहिले अघि छन्। गुरुङले २ हजार ५०८ मत पाउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका महासचिव समेत रहेका देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन्। ४ हजार ९०४ मतगणना सकिएको छ। लमजुङमा आइतबार भएको निर्वाचनमा कुल १ लाख ३३ हजार ५५९ मतदाता रहेकोमा ८० हजार ९१७ मत खसेको छ।

रुपन्देही एमाले सचिव छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याएका छन् ।

गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टले अग्रता बनाएका छन्। केही समय अघि मात्र मतगणना सुरु भएको यस क्षेत्रमा १ सय मत गणना हुँदा विष्टले ६१ मत प्राप्त गरेका छन्। उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मतका साथ पछ्याइरहेकी छिन्। मतदानका क्रममा विभिन्न विवाद भएपछि यस क्षेत्रमा मतगणना गर्न ढिला भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved