बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु

नेपालभ्युज

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु
फाइल तस्वीर

बैतडी। बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ ।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो ।

मतपेटिका पुर्‍याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “तीन जनाको मृत्यु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।”

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved