म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

नेपालभ्युज

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

म्याग्दी। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन् ।

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved