मकवानपुरमा मतदान गर्न उत्साहित मतदाता, बिहानैबाट मतदानस्थलमा लामबद्ध

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान बिहानैदेखि जारी छ। मकवानपुरमा पनि मतदान गर्न मतदाता उत्साहित देखिएका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियाको लागि मतदाताहरू ६ बजेबाटै लामबद्ध भएका थिए।

नेपालभ्युज

मकवानपुरमा मतदान गर्न उत्साहित मतदाता, बिहानैबाट मतदानस्थलमा लामबद्ध

हेटौँडा। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान बिहानैदेखि जारी छ। मकवानपुरमा पनि मतदान गर्न मतदाता उत्साहित देखिएका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियाको लागि मतदाताहरू ६ बजेबाटै लामबद्ध भएका थिए।

मकवानपुर भरका मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

बिहानै मतदाताहरू मतदान स्थल पुगिसकेको र लाइनबद्ध रूपमा मतदान गर्न आतुर रहेको देखिन्थे । मतदाता परिचयपत्र, नागरिकता लिई मतदाताहरू आफ्नो उम्मेदवारलाई मतदान गर्न लाइनबद्ध भएका छन् ।

मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधि सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुरको क्षेत्र १ मा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै, क्षेत्र २ मा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीसहित जिल्लामा ४५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

१६७ वटा निर्वाचन स्थल र ३६४ वटा मतदान केन्द्र रहेको जिल्लामा अस्थायी मतदाताका लागि भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयलाई अस्थायी मतदान मतदान केन्द्र तोकिएको छ ।

जिल्लामा अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि २ अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।

मतदान कार्य साँझ ५ बजे सम्म हुनेछ । मतदान स्थल र वरिपरिका क्षेत्रमा कडा सुरक्षा रहेको समेत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved