एन्फाद्वारा विश्वकप टिकट विजेताको घोषणा

नेपालभ्युज

एन्फाद्वारा विश्वकप टिकट विजेताको घोषणा

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले कतार विश्वकप फुटबलको भाग्यशाली टिकट विजेता घोषणा गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आयोजना भएको एक कार्यक्रममा गोला प्रथाद्वारा विजेता छनोट गरिएको हो।

टिकट नम्बर ११२०० ले विश्वकपको ४८औँ खेलको टिकट जितेका हुन्। ब्राजिल र क्यामेरुनबीचको सो खेल डिसेम्बर ३ मा हुँदैछ ।

बुधबार भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा साधारण प्याराफिटको टिकट काट्ने दर्शकहरूमध्ये एकलाई टिकट दिने एन्फाले घोषणा गरेको थियो।

पुरस्कार टिकट पाउनको लागि विजेताले मंसिर ५ गते भित्र मैत्रीपूर्ण खेलको अधकट्टी सहित एन्फा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।सो टिकटको नेपाली मुल्य ३० देखि ३२ हजार रुपैँया पर्ने एन्फाले जनाएको छ। यस बाहेक बस्ने, खाने र टिकट आदिको व्यवस्थापन भने विजेता आफैँले गर्नु पर्नेछ ।

बुधबार भएको मैत्रीपूर्ण खेलमा कुल ४ हजार ५४२ जनाले साधारण प्याराफिटमा तथा २ जनाले भीआईपी टिकेट काटेको एन्फाले जनाएको छ। एन्फा र फुटसल भिलेजको सहकार्यमा भाग्यशाली दर्शकलाई विश्वकपको टिकट दिने योजना बनाइएको थियो।

साथै कार्यक्रममा डिजिटल टिकेटिङ पार्टनर खल्तीले पनि ‘दामी क्यु आर’ स्क्यान गरी टिकट किन्ने १ जनालाई पनि सप्राईज गिफ्टको घोषणा गरेको थियो। गोलप्रथामार्फत गरिएको विजेता छनोटमा गणेश बहादुर धामी विजेता भएका छन्।

कार्यक्रममा एन्फाका महासचिव किरण राई, फुटसल भिलेजका प्रतिनिधि, दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरभ पाण्डे र चितवन जिल्ला संघका अध्यक्ष श्री कृष्ण कार्कीको उपस्थिति रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved