संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धनः देउवा

संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धनः देउवा

सुर्खेत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले वामलोकतान्त्रिक गठबन्धनले सुर्खेतको गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावीसभामा बोल्दै संबिधानको रक्षा र गणतन्त्रको संस्थागत विकासका लागि गठबन्धन बनेको बताएका हुन् ।

उनले यो गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताए । ‘गठबन्धन केही समयमा लागि बनेको हैन् ।’ उनले भने,‘कुनै शंका नगरेर गठबन्धनलाई जिताउनुहोस ।’

ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन कायम लामो समयसम्म रहने उनले बताए । ‘ओलीजीले दुई पटक संसद विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो ।’ उनले भने ‘हामी संसदको पूर्ण कार्यकाल राख्न चाहन्छौँ । यतिमात्र होइन माननीयहरूलाई संसदको आलोचना गर्न दिन्छौँ । आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद विघटन गर्दैनौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved