देउवा र प्रचण्ड पुन: चुनावीसभालाई सम्बोधन गर्न कर्णाली जाँदै

देउवा र प्रचण्ड पुन: चुनावीसभालाई सम्बोधन गर्न कर्णाली जाँदै

सुर्खेत। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी सभालाई सम्बोधन गर्न पुनः कर्णालीमा आउने भएका छन् । सुर्खेत र दैलेखमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल आउने भएका हुन् ।

आज मंगलबार कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत निर्वाचन क्षेत्र–१ को गुर्भाकोट नगरपालिकाको खैरेनीको भेरी किनार दैलेखको दुल्लुमा आयोजना हुने चुनावीसभालाई दुवै नेताहरूले सम्बोधन गर्ने गठबन्धन दलका नेताहरूले बताएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका खैरनीको भेरी किनारमा हुने चुनावी सभालाई दिउँसो १२ बजे, दैलेखको दुल्लु नगरपालिकामा आयोजना हुने चुनावी सभालाई दिउँसो २ बजे देउवा र दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस उपसभाति पूर्णबहादुर खड्काका स्वकीय सचिव गौतम बिसीले जानकारी दिए ।

यसभन्दा अघि माओवादी केन्द्रका अध्यक्ष दाहाल र कांग्रेस उपसभापति खड्काले हुम्ला, जुम्ला, कालिकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेको केही दिनमा नै पुनः देउवा र दाहाल कर्णालीका गठबन्धन दलले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved