नेपाल र यूएईको एकदिवसीय शृङ्खला आजदेखि, कप्तान रोहित पौडेलको लागि ‘परीक्षा’

नेपालभ्युज

नेपाल र यूएईको एकदिवसीय शृङ्खला आजदेखि, कप्तान रोहित पौडेलको लागि ‘परीक्षा’

काठमाडौं । नेपाल र यूएईबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आज सोमबारदेखि सुरु हुँदैछ। खेल विहान ९ बजे त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । यूएईले नेपालमा पहिलोपटक एकदिवसीय शृङ्खला खेल्न लागेको हो ।

नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ६ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।

यो शृङ्खला नेपालका नवनियुक्त कप्तान रोहितकुमार पौडेलको लागि परीक्षा जस्तो हो । बलात्कार आरोपमा नियमित कप्तान सन्दीप लामिछाने जेल परेपछि रोहितले टोली सम्हाल्ने मौका पाएका हुन् । नेपाली क्रिकेट इतिहासमा सबैभन्दा कान्छो कप्तान बनेका रोहितले यूएईसँगको खेलमा आफू र आफ्नो टिमलाई बलियो प्रमाणित गराउनुपर्नेछ ।

शनिबार त्रिवि मैदानमा पत्रकारहरुसँगको कुराकानीमा रोहितले भनेका छन्, ‘राष्ट्रिय टिममा स्थान पाउनु नै ठूलो कुरा हो । झन्, कप्तानकै जिम्मेवारी पाउनु मेरो लागि सपना पूरा भएजस्तै हो ।’   नेपाल भ्रमणमा रहेको युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved