फुलहमलाई बल्लतल्ल हरायो म्यानचेस्टर युनाइटेडले, भिल्लासँग ब्राइटन पराजित

नेपालभ्युज

फुलहमलाई बल्लतल्ल हरायो म्यानचेस्टर युनाइटेडले,  भिल्लासँग ब्राइटन पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुलबलमा फुलहमाथि म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ । फुलहमको मैदान क्याराभान कटेजमा भएको खेलमा युनाइटेडले २-१ को जित निकाल्यो ।

क्रिष्टियन एरिक्सनले १४ मिनेटमा गोल गरेर युनाइटेडलाई अग्रता दिलाएका थिए । तर ६१ मिनेटमा जेम्सले गोल गरेर खेल बराबरीमा ल्याए ।  निर्धारित समयको खेल बराबरीमै सकिएको थियो तर इन्जुरी समयको तेस्रो मिनेटमा अलेजान्द्रोले गोल गरेर युनाइडेटको जित पक्का गरे।

जितसँगै युनाइटेड २६ अंकका साथ पाँचौं स्थानमा यथावत छ। फुलहम नवौं स्थानमा छ । गएराती नै भएको खर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २-१ गोलले हरायो । ब्राइटन २१ अंकसहित सातौं र एस्टन भिल्ला १८ अंकसहित १२ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved