नेपाल र बंगलादेश यू–१९ महिला विश्वकपको आयोजक

नेपालभ्युज

नेपाल र बंगलादेश यू–१९ महिला विश्वकपको आयोजक

काठमाडौं। सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्तरूपमा आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आइतबार नेपाल र बंगलादेशलाई प्रतियोगिता संयुक्तरूपमा आयोजना गर्न दिने निर्णय गरेको हो ।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१७ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ ।

साथै, २०२४ आईसीसी यू–१९ पुरुष विश्वकपको आयोजनाको जिम्मेवारी श्रीलंकाले पाएको छ । सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाल्यान्डले संयुक्तरूपमा  आयोजना गर्नेछन् ।

सन् २०२६ को यू–१९ पुरुष विश्वकप भने जिम्बाब्वे र नामिबियले संयुक्त आयोजना गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved