विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तान र इंग्ल्याण्ड खेल्दै, पानी पर्ने उच्च सम्भावना

नेपालभ्युज

विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तान र इंग्ल्याण्ड खेल्दै, पानी पर्ने उच्च सम्भावना

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको फाइनलमा आज आइतबार पाकिस्तान र इंग्ल्याण्ड खेल्दैछन् । खेल दिउँसो पौने २ बजे अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सुरु हुनेछ ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै र  इंग्ल्यान्डले भारतलाई १० विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । यी दुवै देशले यसअघि एक एक पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेका छन् । पाकिस्तानले सन् २००९ र इंग्ल्याण्डले २०१० को विश्वकप जितेका थिए । दुवै टोलीले एक एक पटक एकदिवसीय विश्वकपको उपाधि पनि जितेका छन् ।

मेलबर्नमा आइतबार पानी पर्ने उच्च सम्भावना रहको छ । मौसम विज्ञहरुको जानकारी अनुसार आइतबार वर्षा हुने सम्भावना ९५ प्रतिशत रहेको छ । फाइनलका लागि रिजर्भ डे सोमबार छुट्याइएको छ । तर, सोमबार पनि वर्षाको सम्भावना ९५ प्रतिशत नै देखिएको छ । समूह चरणमा पनि पानी परेकै कारण धेरै खेल प्रभावित भएका थिए । फाइनल खेल पनि प्रभावित हुने डर बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved