शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

नेपालभ्युज

शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल
फाइल फोटो

काठमाडौं । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । उनले सङ्घीय शिक्षा ऐन विधायन समितिमा पुगेकाले मर्यादाक्रमको टुङ्गो चाँडै लाग्ने बताए । आज गलकोट र बुर्तिबाङमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तक्र्रियामा उनले सङ्घीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिका रुपमा रहेको बताए ।

उनले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृह मन्त्रालयसँग समन्वय गरी चाँडै टुङ्ग्याइने जानकारी दिए । उनले शिक्षकको तलब सुविधा, मर्यादाक्रमका विषयमा आफूले पहल गरिरहेको बताउँदै शिक्षकलाई ढुक्क हुन आग्रह गरे । मन्त्री पौडेलले आफूले शिक्षामा त्रिपक्षीय सुधार गरेको बताए । उनले शिक्षामा भौतिक, कानुनी र गुणस्तर सुधार गर्न आफू लागिपरेको बताए ।

सरकारले १० वर्षे विद्यालय सुधार योजना कार्यक्रमलाई अघि बढाएको बताउँदै शिक्षकको वृत्तिविकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्‍याएको बताए । मन्त्री पौडेलले विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अतिन्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved