निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री वितरणमा रोक

निर्वाचनलाई लक्षित गर्दै  मदिरा बिक्री वितरणमा रोक

जनकपुरधाम । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले  शनिवार कात्तिक २६ गते  देखि जिल्लाभर मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलिय÷सर्वपक्षिय, समन्वय बैठकको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिश बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार कात्तिक २६ गतेदेखि निर्वाचन कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन कार्यमा प्रतिवन्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्धारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

सूचना विपरित निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved