साफ यू–१५ महिला च्याम्पियन नेपाली टोली शनिबार स्वदेश आइपुग्ने

नेपालभ्युज

साफ यू–१५ महिला च्याम्पियन नेपाली टोली शनिबार स्वदेश आइपुग्ने

काठमाडौं। साफ यू–१५ महिला फुटबल प्रतियोगिताको च्याम्पियन नेपाली टोली शनिबार स्वदेश आइपुग्ने भएको छ ।

नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बेलुकी ५:४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो ।

बङ्गलादेशको ढाकामा शुक्रबार भएको खेलमा बङ्गलादेशसँगको १–१ गोलको बराबरीमा सकिँदा नेपाल च्याम्पियन बन्यो ।

नेपालको लागि सुशिला केसीले खेलको १४ औं मिनेटमा गोल गरे । खेलको ५४ औं मिनेटमा बङ्गलादेशका लागि रुमाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याइन् ।

खेल बराबरीमा सकिएसँगै अपराजित नेपालले ४ खेलबाट १० अङ्क जोड्यो । शीर्ष स्थानमा रहेको नेपालले उपाधि जित्यो । ४ खेलबाट ७ अङ्क जोडेको बङ्गालदेश भने उपविजेता बन्यो ।

डबल राउण्ड रोबिन लिगमा खेलाइएको यस प्रतियोगितामा नेपाल,बङ्गलादेश र भुटानको सहभागिता रहेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved