अन्तरविद्यालय बास्केटबल: इनोभेटिभ क्वाटरफाइनलमा

नेपालभ्युज

अन्तरविद्यालय बास्केटबल: इनोभेटिभ क्वाटरफाइनलमा

काठमाडौं। इनोभेटिभ आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सिनियर गर्ल्स तर्फको खेलमा इनोभेटिभले लोक आदर्शलाई ६–२ ले पराजित गरेको हो ।

इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गर्ल्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९–२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो । भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे ।

सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६–१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८–१६, हार्टल्यान्डले हेम्सलाई ३६–२९ र जेनिथले द एक्सेल्सियरलाई ३६–७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए ।

पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved