प्रधानमन्त्री कप : दीपेन्द्रको शतकमा पुलिसले दियो आर्मीलाई ३०५ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप : दीपेन्द्रको शतकमा पुलिसले दियो आर्मीलाई ३०५ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको दोस्रो सेमिफाईनलमा अहिले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिवि क्रिकेट मैदानमा पुलिसले आर्मीलाई ३०५ रनको लक्ष्य दिएको छ ।

पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनायो । उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । उनले १२५ बलमा १४० रन बनाए ।

प्रतियोगितामा उनको यो दोस्रो शतक हो । यसअघि उनले बागमतीविरुद्धको खेलमा १०८ रन बनाउँदै गर्दै शतक प्रहार गरेका थिए।

आरिफ शेखले अविजित ९१ रनको योगदान गरे । चौथो विकेटको लागि दीपेन्द्र र आरिफले २१२ रनको साझेदारी गरेका थिए । कुशल भूर्तेलले ३१ रन जोडे ।

आर्मीका लागि बिक्रम सोबले २ र सुशन भारीले १ विकेट लिए । एपीएफ यसअघि नै फाइनलमा पुगिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved