टी-२० विश्वकप क्रिकेट

भारतमाथि शानदार जितसँगै इङ्ल्याण्ड फाइनलमा, हल्स र बटलरको धुँवाधार ब्याटिङ

ओपनरद्धय एलेक्स हल्स र जोस बटलरले धुँवाधार ब्याटिङ गरेपछि भारतीय बलर निरीह सावित भएका थिए । १६९ रनको लक्ष्य इङ्ल्याण्डले २४ बल अगाडी नै पुरा गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

नेपालभ्युज

भारतमाथि शानदार जितसँगै इङ्ल्याण्ड फाइनलमा, हल्स र बटलरको धुँवाधार ब्याटिङ

काठमाडौं । भारतविरुद्ध शानदार जित निकालेर इङ्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारत १० विकेटले पराजित भयो ।

ओपनरद्धय एलेक्स हल्स र जोस बटलरले धुँवाधार ब्याटिङ गरेपछि भारतीय बलर निरीह सावित भएका थिए । १६९ रनको लक्ष्य इङ्ल्याण्डले २४ बल अगाडी नै पुरा गर्दै उपाधि भिडन्त पक्का गरेको हो । हल्सले अविजित ८६ र बट्लरले ८० रन बनाए ।

हल्सले ४७ बलमा चार चौका र ७ छक्का प्रहार गरे भने बटलरले ४९ बलमा ९ चौका र ३ छक्का हाने ।

त्यसअघि एडिलेडमा भारतले पुरै ओभर खेलेर ५ विकेट गुमाउँदे १६८ रनको मध्यम स्कोर खडा गरेको हो । सुस्त सुरुवात गरेको भारतका लागि विराट कोहली र हार्दिक पाण्डयाले उत्कृष्ट प्रदर्शन गर्दै सम्मानजक स्कोरमा पुर्‍याएका थिए । दुवैले अर्धशतक बनाए । हार्दिकले ६३ र कोहली ५० रनमा आउट भए । जारी विश्वकपमा कोहलीको यो चौथो अर्धशतक हो ।

इङ्ल्याण्डका लागि  क्रिस जोर्डनले २ तथा क्रिस वोक्स र आदिल रशीदले १-१ विकेट लिए ।

बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएर पाकिस्तान फाइनलमा पुगिसकेको छ । फाइनल भिडन्त आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved