एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीले पार्टी छाडिन्, गठबन्धनलाई जिताउन आग्रह

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीले पार्टी छाडिन्, गठबन्धनलाई जिताउन आग्रह

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधबारबाट एमाले परित्याग गरेको घोषणा गरेकी हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दैलेखको बिन्द्रासैनी चामुण्डा नगरपालिकाको एमालेबाट उपप्रमुखमा विजयी भएकी शाही विगत लामो समयदेखि एमालेको राजनीति गर्दै आएकी थिइन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीमा स्वेच्छाचारिता बढ्दै गएकोले आफूले एमाले परित्याग गरेको उनले बताइन् ।

उनले भनेकी छिन्,  ‘नेकपा (एमाले) को नेतृत्वमा विकसित हुदै गएको स्वेच्छाचारिता, निरङ्कुशता र गुटगत राजनीतिले पार्टी विधान र सिद्धान्तलाई निष्कृय बनाउदै वर्षौँदेखि पार्टी निर्माणका लागि रगत पसिना बगाएका इमान्दार नेता कार्यकर्ताहरुलाई विस्थापित गर्दै आएको कुरा विभिन्न विकसित घटनाक्रमबाट प्रष्ट हुन्छ । हिजो संसद विघटन गलत हो, संसद विघटन गर्नु हुदैन भनेर भनेकै आधारमा भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीका हस्तीहरु लगायत हजारौं नेता कार्यकर्तालाई गुटगत राजनीतिको सिकार बनाएर पार्टीको संगठनको आन्तरिक प्रतिस्पर्धामा जान रोक लगाउनु, संघिय लोकतान्त्रीक गणतन्त्र विरोधी भुमिकामा रहेका गलत र गैह्र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी दिएर विधि विधानको उपहास गर्दै आएकोले म नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदबाट राजीनामा गरेको घोषणा गर्दै संविधान र संघिय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारलाई विजय गराउन हुन हार्दिक अपिल गर्दछु ।’


Comment

One thought on “एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीले पार्टी छाडिन्, गठबन्धनलाई जिताउन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved